प्रधानमन्त्री देउवाको निवास नजिकै बम विष्फोट

काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठमा रहेको निजी निवास नजिक बम पड्किएको छ ।
शुक्रबार राति करिव साढे आठ बजे देउवा निवास पछाडि बम विस्फोट भएको डिएसपी योगेन्द्रसिंह थापाले जानकारी दिए । उनका अनुसार विस्फोटबाट कुनै क्षति भएको छैन ।
विस्फोट कसले गराएको भन्नेबारे बुझ्ने काम भइरहेको डिएसपी थापाले बताए । शुक्रबार साँझ ललितपुरको कुपन्डोलको यूएन पार्क नजिक पनि बम विस्फोट भएको छ ।
अपरिचित समूहले थापाथलीको पुल र यूएन पार्कको बीचमा फोहोर फालिएको ठाउँमा विस्फोट गराएको जावलाखेल प्रहरीले जनाएको छ ।
Published : Saturday, 2017 December 2, 7:17 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
यसमा तपाइको मत