त्रिशुलीमा फेरि बस खस्यो
काठमाडौं । काठमाडौंबाट अर्घखाँची जाँदै गरेको यात्रुबाहक बस चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङमा दुर्घटना भएको छ ।
लु २ ख २९१ नम्बरको बस त्रिशुली नदीमा खसेको हो । बस बुधबार बिहान करिव सवा नौ बजे दुर्घटना भएको हो ।
दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् । केही यात्रुको उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए । बसमा कति यात्रु थिए भन्ने यकिन भइसकेको छैन ।
उता, बुधबार बिहान कालिकोटमा भएको जिप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको थियो । दुर्घटनामा ६ जना घाइते भएका छन् । सुत्केरी महिलासहितका यात्रु बोकेको जिप दुर्घटनामा परेको हो ।
Published : Wednesday, 2017 November 29, 11:07 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

यसमा तपाइको मत