केपी ओलीको घरमा बम विष्फोट

दमक । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीको झापा जिल्लास्थित निवास नजिकै अपरिचित समूहले बम विष्फोट गराएको छ ।
शनिबार बिहान करिव ४ बजे दमकस्थित ओलीको घर बाहिर बम विस्फोट गराएको प्रहरीले जनाएको छ । विस्फोटबाट कुनै क्षति भएको छैन ।
घरको गेट बाहिर झोला झुण्ड्याइएको अवस्थामा फेला परेको छ । झोलामा पनि बम हुन सक्ने इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव निरीक्षक दीपक गिरीले जानकारी दिए ।
झोलाभित्र शंकास्पद बस्तु भएकोले त्यसलाई डिस्पोज गर्न केरखाबाट नेपाली सेनाको डिस्पोजल टोली घटनास्थल आइपुगेको छ ।
बम विष्फोटको जिम्मेवारी कसैले लिएको छैन । यद्यपि प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बम विष्फोट गराएको हुन सक्ने जनाएको छ ।
Published : Saturday, 2017 November 25, 12:03 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
यसमा तपाइको मत