समवेदना प्रकट गर्न कांग्रेस नेता निधि प्रचण्ड निवासमा
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि परिवारसहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा पुगेर पुत्रशोकप्रति समवेदना प्रकट गरेका छन् ।
निधि पत्नी र छोरीसहित लाजिम्पाटस्थित निवास पुगेका थिए । प्रचण्डसँग भेटेर निधिले शोकसन्तप्त परिवारप्रति सहानुभूति प्रकट गरेको जनाइएको छ ।
निधिले शोकपुस्तिकामा हस्ताक्षर गर्नुका साथै स्वर्गीय प्रकाश दाहालप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
Published : Monday, 2017 November 20, 6:22 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

यसमा तपाइको मत