वर्षमान पुनमाथि रोल्पामा सांघातिक आक्रमण

रोल्पा । पूर्वअर्थमन्त्री तथा माओवादी केन्द्रका नेता वर्षमान पुनमाथि फेरि आक्रमणको प्रयास भएको छ ।

रोल्पाबाट प्रतिनिधि सभा सांसद उम्मेवादर पुनलाई चुनावी कार्यक्रममा जान लाग्दा दुई खोली गाउँपालिकाको चिउरी खोलामा आइतबार ढुंगा प्रहार भएको हो ।

रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलका अनुसार पुनलाई लक्षित गरी भीरबाट ढुंगा खसाइएको थियो ।

‘अबरोध गर्ने र तर्साउने उद्देश्यले आक्रमण गरेको देखिन्छ’, डिएसपी फुयाँलले भने, ‘ढुंगा खसेपछि प्रहरीले हवाइ फायर गरेको थियो ।’
उनले घटनामा नेत्रविक्रम चन्द नेतृत्वको माओवादीको संलग्नता रहेको हुन सक्ने बताए ।

‘चुनावी विरोधी दलले नै यो काम गरेका होलान् भन्ने हाम्रो अनुमान हो’, फुयाँलले भने, ‘तर आधिकारिक रुपमा जिम्मेवारी नलिएकाले ठोकेर भन्न सकिन्न ।’

यसअघि आइतबार पनि पुन चढेको गाडी लक्षित गरेर एम्बुस पड्काइएको थियो ।

Published : Sunday, 2017 November 12, 5:23 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया