कांग्रेसको आक्रामक प्रचारबाट ओली तर्सिए, दिए यस्तो अभिव्यक्ति

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका लागि भारतीय राजदूत मनजिभसिंह पुरीसँग पनि कुरा गर्न नसक्ने प्रधानमन्त्रीका रुपमा एमालेका अध्यक्ष केपी ओलीले चित्रण गरेका छन् ।

काठमडौं क्षेत्र नं. ४ को चाबहिलमा चुनावी कार्यक्रमलाई बुधबार बिहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भारतसँग कुरा पनि गर्न पनि देउवा डराउने गरेको आरोप लगाएका हुन् ।

‘संविधान संशोधन गर्ने कुरा हिजो मात्रै प्रधानमन्त्रीले जनकपुरमा गएर गरे छन् । एमालेले संविधान संशोधन गर्न दिएन भने छन् । संविधान संशोधन के का लागि ? सीमापारीबाट आउने भारतीयलाई नागरिकता दिन हो ? के नेपालमा नागरिकहरू छैनन्’, उनले भने, ‘संविधान संशोधन भारतीयहरूर्लाइ राष्ट्रपति र प्रधानमन्त्री बनाउनका लागि हो ? संविधान संशोधन हुँदैन ।’

नाकाबन्दी भएका बेला आफूले भारतसँग टक्कर लिएको बताएका एमालेका अध्यक्ष ओलीले भने, ‘अहिले सिमानामा नेपाल आउन दुई किलोमिटर लामोसम्म गाडी, ट्याङकर लाइनमा बसेका छन् । त्यहाँ लाइनमा बस्दा पनि पैसा तिर्नुपर्छ । ती गाडीलाई नेपाल ल्याउन पनि राजदूतसँग यो सरकारले कुरा गर्न सक्दैन ।’

राजन भट्टराईको प्रशंसा गरेर ओलीले भने, ‘म प्रधानमन्त्री हुँदा राजन भट्टराईले कुशलताका साथ परराष्ट्रमामिलामा एमालेले काम गरेको थियो । भारतको नाकाबन्दीको सामना गरेका हौँ । मैले भारतलाई ठाउँमा राखेको थिएँ । अहिलेको सरकार त भारतसँग कुरा गर्न पनि सक्दैन । कुरा गर्नुपर्दा चार पटक चस्मा चलाउनु पर्छ । दश पटक कपडा तान्नुपर्छ ।’

एमालेको सरकार बन्नेवित्तिकै भारतसँग कुरा गरेर आफूहरूले थिचोमिचो मिलाउने उनले बताए । उनले भने, ‘भारतलाई एमालेले ठीक ठाउँमा राख्छ ।’

Published : Thursday, 2017 November 9, 11:06 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया