कांग्रेसले फाइदा लिने हो
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2017/11/Sher-Bahadur-Deuba-in-Dadeldhura.jpg?resize=810%2C510&ssl=1)
एमाले र माओवादी केन्द्र मिलेर बनेको वाम गठबन्धनबाट नेपाली कांग्रेस डराउनु पर्ने अवस्था छैन ।
वाम गठबन्धनले जसरी आफूलाई निर्वाचन केन्द्रित बनाएका छन् त्यसैगरी नेपाली कांग्रेसका नेताहरूले पनि निर्वाचनमा ध्यान दिएका छन् । वाम गठबन्धनलाई बरु टिकट वितरणलाई लिएर समस्या भएको छ । तर, कांग्रेसलाई वाम गठबन्धनलाई जस्तो समस्या भएको छैन ।
कांग्रेसले आफूलाई वाम गठबन्धनको बर्चश्व कसरी भत्काउने भनेर एकसुत्रीय रुपमा अगाडि बढाएको छ । अहिलेको दायित्व पनि त्यही हो । कांग्रेसले वाम गठबन्धनबाट अबसर लिएर निर्वाचनमा धेरैभन्दा धेरै सिट जित्नु पर्छ ।
सोहीअनुसार रणनीति बनाउनु पर्छ । यस पटक नेपाली कांग्रेसले कम्युनिष्ट पार्टीहरूलाई देखाइ दिनुपर्छ । कांग्रेस कमजोर छैन । र रहने पनि छैन ।
विगतमा आन्तरिक विवादका कारण एमाले र माओवादी केन्द्र जस्ता कम्युनिष्ट पार्टीहरूले केही सिट जित्दैमा त्यसकै आधारमा दुई तिहाइ बहुमत ल्याउने सपना नदेखे हुन्छ ।
कांग्रेसले थोरै सिट जित्ला तर कम्युनिष्ट पार्टीहरूले भने जस्तो कदापि हुने छैन । कांग्रेसका नेता र कार्यकर्ताहरूमा चेत प्रवेश गरेको छ ।
स्थानीय तहको हारको बदला नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा एमाले र माओवादी केन्द्रसँग लिने छन् । त्यसका लागि तम्तयार भएर बसेका छन् ।
वाम गठबन्धनभित्रको टिकट वितरणको विवादलाई कांग्रेसले अबसरका रुपमा प्रयोग गरेर जित्नु पर्छ । कम्युनिष्ट पार्टीहरूले मुलुकमा अधिनायकवाद स्थापित गर्दै छन् भन्ने कुरा पनि जनतालाई बुझाउन सक्नु पर्छ ।
नेपाली जनताले कम्युनिष्ट पार्टीहरूको भित्री कुरा बुझेपछि कोट कुनै पनि हालतमा एमाले र माओवादीलाई हाल्ने छैनन् । उनीहरूको भोट नेपाली कांग्रेसलाई नै आउनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sherbahadur-Deuba-1-1.jpg?resize=200%2C200&ssl=1)
सभापति देउवाले विश्वासको मत दिँदा दिएको अभिव्यक्ति
शेरबहादुर देउवा, सभापति एवं नेता संसदीय दल, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sudarshan-Thapaliya.jpg?resize=200%2C200&ssl=1)
यसमा तपाइको मत