एमाले–माओवादीभित्र खैलाबैला हुने गरी यसरी दिए गगनले जवाफ (अन्तर्वार्ता)

– गगन थापा, नेता, नेपाली कांग्रेस

नेपाली कांग्रेसका युवा नेता गगन थापाले निर्वाचन सरे कांग्रेसलाई नै क्षति हुने टिप्पणी गरेका छन् ।

बीबीसी नेपालीसँग कुरा गर्दै नेता थापाले अहिलेको अवस्थामा चुनाव सरे सबैभन्दा बढी क्षति कांग्रेसलाई हुने बताए । ‘अहिलेको सन्दर्भमा निर्वाचन जति पर सर्‍यो त्यति बढी क्षति नेपाली कांग्रेसलाई हुन्छ’, उनले भने, ‘नेपाली कांग्रेस मुर्ख हो र निर्वाचन सार्नलाई ?

त्यसैले निर्वाचन सर्दा, तलमाथि हुँदैगर्दाखेरी यसले ल्याउनसक्ने अप्ठेराका बारेमा पनि नेपाली कांग्रेस सचेत छ । आफ्नै निर्वाचनको फाइदाको हिसाबले हेर्ने हो भने पनि कुनै पनि हालतमा निर्वाचन नसरोस भन्ने पक्षमा कांग्रेसको सम्पूर्ण चाहना त्यसकै पक्षमा छ ।’

मतपत्र विवादबारे नेपाली कांग्रेसको धारणा के छ ?

अदालतले दिएको आदेशको सन्दर्भमा त्यसको परिपालना कसरी गर्ने भन्ने कुरा निर्वाचन आयोगको विषय हो । र, अदालतको विषय हो । नेपाली कांग्रेसको प्रष्ट कुरा के हो भने निर्वाचन तोकिएको मितिमा हुनुपर्छ । तोकिएको मितिमा निर्वाचन हुने कुराको सन्दर्भमा निर्वाचन आयोगलाई सबै खालको सहयोग गर्ने कुरामा नेपाली कांग्रेस तयार छ, प्रतिबद्ध पनि छ र गरिरहेको छ ।

मतपत्रको विषयमा चाँही नेपाली कांग्रेसको के छ ?

निर्वाचन आयोगले मतपत्रका बारेमा जे जस्तो व्यवस्था गरेको थियो र जे कुरा गरेर अगाडि बढ्ने भन्छ त्यो कुरामा नेपाली कांग्रेसको मद्दत रहन्छ ।

कतिपय (एमाले माओवादी) घुमाउरो ढंगले कांग्रेसपनि चुनाव सार्ने बहाना खोज्दैछ भन्ने आरोप लगाएका छन नी ? किन होला ?

बाहिर यो जसले बढी स्याँल हुइया गरेका छन्, भित्रभित्र उनीहरु निर्वाचन सरोस भन्ने चाहन्छन् । त्यसैले यो चोरको खुट्टा तान भनेर तान भनेजस्तो भयो । होइन् भने दुइटा ठूलो पार्टी मिलेर भर्खर तालमेल गरेको अहिलेको सन्दर्भमा निर्वाचन जति पर सर्यो त्यति बढी क्षति नेपाली कांग्रेसलाई हुन्छ । नजिक चुनाव हुँदै गर्दाखेरी एउटा पार्टीको मतदातालाई अर्काे पार्टीको उम्मेदवारको पक्षमा मत हलाउन उहाँहरुलाई निकै सकसपूर्ण हुनेवाला छ, बाहिर हिसाब गरेजस्तो सजिलो छैन् । नेपाली कांग्रेस मुर्ख हो र निर्वाचन सारेर उहाँहरुलाई सजिलो बनाइदियोस भन्ने चाहन्छ ? दोस्रो कुरा विशिष्ट अवस्थामा निर्वाचन सरेको कुराको क्षति जुन नेपाली कांग्रेसले व्यहोरेर आएको छ त्यो घटनालाई कांग्रेसले विर्सेको छैन् ।

त्यसैले निर्वाचन सर्दा, तलमाथि हुँदैगर्दाखेरी यसले ल्याउनसक्ने अप्ठेराका बारेमा पनि नेपाली कांग्रेस सचेत छ । र, आफ्नै निर्वाचनको फाइदाको हिसाबले हेर्न हो भने पनि कुनै पनि हालतमा निर्वाचन नसरोस भन्ने पक्षमा कांग्रेसको सम्पूर्ण चाहना त्यसकै पक्षमा छ ।

तर, अब निर्वाचनको सुरक्षाको प्रत्याभुति दिनको गृहमन्त्रालय सक्रिय हुनुपर्छ, गृहमन्त्रालय नै खाली देखिन्छ प्रधानमन्त्रीले सम्हाल्ने भनिएपनि ?

गृह मन्त्रालयको गृहमन्त्री नहुने कुराले निर्वाचनको तयारी सम्बन्धमा कहि पनि अप्ठेरो सिर्जना गरेको छैन् । चाँहे त्यो सुरक्षाको विषय होला, चाँहे अरु बाँकी रहेको कुरा होला, काँही कुनै प्रश्न छ ? नेपाली कांग्रेसले निर्वाचन आयोगको तालिकाका आधारमा जे जे कुराहरु गर्नुपर्ने हो, चाँहे त्यो हामी उम्मेदवारी छनोट गरेको कुरा, मनोनयन गरेको कुरा, हाम्रो अहिलेको कार्यतालिका, यी सबै कुराहरुमा निर्वाचन सर्ला की भनेर न सरकारको तर्फबाट गरिएका कामकारवाहीमा कही कतै प्रश्न उठाउने ठाउँ छ, अझ बढी पार्टीले गरेको कामकारवाहीको सन्दर्भमा नेकपा एमाले वा माओवादीले गरेको भन्दा के चाँही फरक कुरा गरिरहेका छौं हामी ? अनि के को आधारमा आजको फलानो (कांग्रेस) पार्टीले चुनाव सार्न खोजेको छ भन्ने कुराको एउटा तर्क कसैले गर्नुपर्दैन् । एउटा पुष्टयाई चाँही गर्नुपर्दैन् ।

अब विभिन्न अभिव्यक्तिहरु त आइराखेकै छन्, चुनावलाई लिएर संशय देखाउने खालका । अब त्यस्तो संशयलाई चिरेर सत्ताको बागडोर सम्हालेको नेपाली कांग्रेसले चुनावमा कसरी अगाडि बढ्छ ?

संशयलाई चिर्ने जिम्मा नेपाली कांग्रेसको हो । तर, नेपाली कांग्रेसको मात्रै हो ? अनि सरकारमा अहिलेको गठबन्धनको सरकारमा माओवादी छैन् ? त्यो संशयलाई चिर्ने जिम्मा उहाँहरुको होइन् ? सरकारमा आफ्नो आधा भाग छोडेर पनि नजाने ? सरकारमा पनि बस्ने, बाहिर पनि बस्ने ? अनि सरकार निर्वाचन सार्न खोज्दैछ भनेर भन्ने ? त्यो सरकारमा उहाँहरु हुनुहुन्न ? भर्खर मात्र विघटित भएको वा स्थगत भएको संसदको सबभन्दा ठूलोमध्ये एक पार्टी होइन् प्रतिपक्षमा रहेको ? हिजो मतपत्रका सन्दर्भमा केही कुराको गल्ती कमजोरी भएका रहेछन् भने यी सबै गल्ती कमजोरीको सबै जना (पार्टी) भागेदार होइनन् ?

Published : Sunday, 2017 October 29, 4:17 pm

2 प्रतिकृया प्राप्त “एमाले–माओवादीभित्र खैलाबैला हुने गरी यसरी दिए गगनले जवाफ (अन्तर्वार्ता)”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया