एमालेसंगको सहमतिपछि प्रचण्डले पाए चितवन– ३

काठमाडौं । एमाले–माओवादी केन्द्रको वाम गठबन्धले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्र टुंगो लगाएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रतिनिधि सभा निर्वाचनमा चितवन – ३ बाट उम्मेदवारी दिने छन् । चितवनको निर्वाचन क्षेत्र नं. ३ प्रचण्ड आफैले रोजेका हुन् ।

एमालेले चितवनमा क्षेत्र नम्बर १ र २ पाएको छ । एमालेले पाएको क्षेत्र नम्बर १ बाट पूर्व अर्थमन्त्री समेत रहेका एमालेका नेता सुरेन्द्र पाण्डेले उम्मेदवारी दिने छन् ।

क्षेत्र नम्बर २ मा एमाले जिल्ला अध्यक्ष समेत रहेका पूर्वसांसद कृष्णभक्त पोखरेलको टिकट टुंगो लागि सकेको स्रोतले जनाएको छ ।

चितवनको क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका नेता रामबहादुर थापाले उम्मेदवारी दिने इच्छा देखाएका थिए । तर, वाम गठबन्धनको कार्यदलमा छलफल हुँदा थापाको नाम काटिएको हो ।

Published : Sunday, 2017 October 22, 8:46 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया