प्रधानमन्त्री शाहसँग रास्वपा सभापति लामिछानेको भारत भ्रमणको कुनै साइनो छैन : सरकार
काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत जान लागेको विषय प्रधानमन्त्रीको भ्रमण नभएको कुरासँग कुनै साइनो नभएको बताएका छन् ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाट कार्यक्रममा शिक्षामन्त्री पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) पहिलो सय दिनको काममा फोकस भएकाले विदेश भ्रमणमा नगएको बताए । मन्त्री पोखरेलले रवि लामिछानेको भ्रमणसँग प्रधानमन्त्री शाहको साइनो नभएको बताएका हुन् ।
उनले भने, ‘प्रधानमन्त्रीज्यूको भारत जाने समय या जुनसुकै देश जाने समय जतिखेर आउँछ, उहाँ भारत मात्र नजानु भएको होइन, विदेश कहीँ पनि गइराख्नु भएको छैन । सरकारको पहिलो सय दिनको कार्यव्यस्तता बढी छ, काममा फोकस छौं ।’
शिक्षामन्त्री पोखरेलले भने, ‘सभापतिज्यू आफ्नै ढंगले जाँदै हुनुहुन्छ, प्रधानमन्त्रीको त्यससँग केही सम्बन्ध छैन ।’
रास्वपाका सभापति लामिछाने जेठ १८ देखि भारत भ्रमणमा जाने कार्यक्रम तय भएको छ । लामिछानेले भारतमा उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने सम्भावना छ ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया