एकताका लागि दवाव सिर्जना गर्न कांग्रेस केन्द्रीय कार्यालयमा नेविसंघका नेता, कार्यकर्ताहरूद्वारा प्रदर्शन
काठमाडौं । नेपाली कांग्रेसभित्र एकताको दवाव सिर्जना गर्न नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताहरूले सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा प्रदर्शन गरेका छन् ।
आइतबार सानेपास्थित पार्टी कार्यालयमा नेविसंघका नेता तथा कार्यकर्ताहरूले धर्ना दिएका हुन् । उनीहरू पार्टीभित्र आन्तरिक एकता कायम गर्न माग गरेका छन् ।
नेविसंघको १२औँ महाधिवेशनको मिति घोषणा गर्न तथा संगठनलाई चलायमान बनाउन दबाबस्वरूप धर्नासहितको विरोध गरिएको जनाएका छन् ।
नेविसंघका कार्यकर्ताहरूले पार्टी कार्यालयमा विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेर कांग्रेस नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।
नेपाली कांग्रेसभित्रको आन्तरिक एकता सुदृढ हुनुपर्ने र त्यसको आधार विद्यार्थी संगठनबाट हुनुपर्ने प्रदर्शनकारी विद्यार्थीहरूले बताएका छन् ।
उनीहरूले गुट–उपगुटभन्दा माथि उठेर संगठन र पार्टीलाई एकताबद्ध बनाउन नेतृत्वले पहल गर्नुपर्ने धारणा राखेका छन् ।
नेविसंघलाई लामो समयसम्म निष्क्रिय अवस्थामा राख्नु उचित नभएको उल्लेख गर्दै उनीहरूले समयमा महाधिवेशन सम्पन्न गरी युवालाई निर्णायक भूमिकामा अघि ल्याउनुपर्ने मागसमेत गरेका छन् ।
कथित विशेष महाधिवेशनबाट आएको कांग्रेसको नेतृत्वले पार्टीलाई तहस नहस बनाइरहेका बेला विद्यार्थीहरूले पार्टी कार्यालयमा धर्नाका साथै प्रदर्शन गरेका छन् । गगन थापाको अहँकार, घमण्ड र वडासभापति तथा जिल्ला सभापतिहरूसहितका नेताहरूलाई कारबाही गरिरहेका बेला नेविसंघका नेता तथा कार्यकर्ताले पार्टी कार्यालयमा प्रदर्शन गरेका छन् ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया