हेटौँडामा तस्करीका २० वटा गोरुसहित ट्रक पक्राउ

हेटौँडा । तस्करी गरेर झापातर्फ लैजाँदै गरिएको २० वटा गोरुसहित तस्करलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय पशुपतिनगर, मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा– १५ स्थित रातोमाटे चेक पोष्टमा ना. ४ ख. १०११ नम्बरको ट्रकमा चेकजाँच गर्ने क्रममा २० वटा गोरु फेला परेको हो ।
ट्रकमा फेला परेका २० वटा गोरु र उक्त ट्रकमा रहेका गोरुहरूको लागि चाहिने आवश्यक कागजात नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
गोरुसहित पक्राउ परेको ट्रकलाई मकवानपुर प्रहरीले आवश्यक कारवाहीको लागि पशु क्वारेन्ट टाईन चेक पोष्ट पथलैया बारामा पठाएको छ ।
Published : Saturday, 2017 October 21, 3:19 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
यसमा तपाइको मत