बाराका दुई स्थानमा बम विष्फोट, जिम्मेवारी कसैले लिएन

बारा । बारा जिल्लाको सिमरा उपमहानगरपािलकामा अपरिचत समूहले दुई सरकारी कार्यालयको परिसरभित्र बम विष्फोट गराएको छ ।

स्थानीयका अनुसार शनिबार राति भएको बम विष्फोटको आवाज ठूलो आएको थियो । बम शक्तिशाली भएको हुन सक्ने अनुमान स्थानीयले गरेका छन् । बम विष्फोट भएपछि आसपासको क्षेत्रमा स्थानीय डराएका छन् ।

शनिबार राति १० बजे सिमारा चोकमा रहेका जिल्ला बन कार्यालय र नेपाल टेलिकमको कार्यालय परिसरभित्र अज्ञात समूहले बम राखेर गएको केही समयभित्र विष्फोट भएको जनाइएको छ । विष्फोटको जिम्मेवारी कसैले लिएको छैन ।

प्रहरीले सो विष्फोट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गरेको हुन सक्न अनुमान गरेको छ । ‘नेकपा’ स्थानीय तहको निर्वाचन बिथोल्ने भन्दै गतिविधि गर्दै आएको छ ।

Published : Sunday, 2017 September 10, 8:55 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया