कांग्रेसभित्रको मतान्तर झाँगिदै गएको छ : डा.महत

इटहरी । नेपाली कांग्रेसका नेता डा.रामशरण महतले पार्टीभित्र धेरै मतान्तरका विषय झाँगिदै गए पनि त्यसलाई भरसक पार्टीभित्रै बृहत् बहस र संवाद गरेर मिलाउने विषयमा आफू सधैँ सक्रिय रहँदै आएको बताएका छन् ।

इटहरीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा स्थानीय सञ्चारकर्मीले वर्तमान अवस्थामा पार्टीभित्र देखिएको तिक्तताका सम्बन्धी जिज्ञाशामा उनले यस्तो टिप्पणी गरेका हुन् ।

विधिको शासन हुनुपर्छ भन्नेमा आफूले अडान राख्दै आएको स्पष्ट पार्दै उनले पार्टीलाई विधान बमोजिम चलाउने विषयमा नेतृत्व तहले जिम्मेवार भएर बहस चलाउन जरुरी रहेको र नेपाली कांग्रेस पार्टीलाई अरु पार्टीभन्दा मजबुत तुल्याउन नेतृत्व तह संवेदनशील हुनुपर्नेमा पनि जोड दिए ।

Published : Monday, 2017 September 4, 5:39 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया