दुई वर्षसम्म यौनसम्पर्क नगरेपछि पत्नीले दिइन् जाहेरी

वैशाली । भारतको बिहारमा विवाह गरेको २ वर्षसम्म पतिले पत्नीलाई यौनसम्पर्क नगरेपछि प्रहरीमा जाहेरी परेको छ ।

आफूसँग शारीरिक सम्बन्ध नराखेको भन्दै महिलाले प्रहरीमा उजुरी दिएकी छिन् । बिहार राज्यको वैशाली जिल्लास्थित लालगंज थानामा बस्दै आएकी महिलाले अहियापुर थाना अन्तर्गत घर भएका पतिविरुद्ध उजुरी दिएकी हुन् ।

उजुरीपत्रमा उल्लेख भएअनुसार उनीहरूको विवाह ३१ मई २०२१ मा भएको थियो । विवाहपछि आफू पतिको घर गएको र दुई वर्षसम्म पनि पतिले आफूसँग शारीरिक सम्बन्ध नराखेको महिलाको उजुरीमा छ ।

पतिलाई आफूले शारीरिक सम्बन्ध किन नराखेको भनेर सोध्दा उल्टै आफूमाथि कुटपिट तथा दुर्व्यवहार गरेको उजुरीमा उल्लेख छ ।

प्रहरी अधिकारी अदीति कुमारीले महिलाले दर्ता गरेको उजुरीमा आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको जनाएकी छिन् । एजेन्सी

Published : Tuesday, 2024 February 20, 10:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया