जहाजभित्रै पति-पत्नीले काण्ड गरेपछि ठूलो जहाल दिल्लीमा अवतरण

नयाँदिल्ली । म्युनिखबाट बैङ्ककका लागि उडेको लुफ्थान्साको विमानलाई दिल्लीमा अवतरण गरिएको छ ।

बुधबार जहाजमा पति–पत्नीबीच विवाद भएको थियो । सोही विवादका कारण जहाजमा कोलाहलपूर्ण आचरणको रिपोर्ट आएपछि केबिन चालक दलले जहाजलाई दिल्ली डाइभर्ट गरेका हुन् ।

दिल्ली विमानस्थलको उड्डयन सुरक्षाले भनेको छ, ‘पति–पत्नीबीचको झगडाको कारण अहिलेसम्म थाहा भएको छैन । उनीहरूको झगडाका कारण विमानलाई डाइभर्ट गर्नुपर्‍यो ।’

विमानले सुरुमा पाकिस्तानको निकटवर्ती विमानस्थलमा अवतरण गर्ने अनुमति मागेको थियो । जहाजले अवतरणको अनुमति पाएको थिएन । त्यसपछि विमान सुरक्षितरूपमा दिल्ली विमानस्थलमा अवतरण गरिएको छ ।

विमानबाट अनियन्त्रित पुरुषलाई उतारेर विमानस्थलको सुरक्षालाई बुझाइएको छ । लुफ्थान्सा एयरले घटनाका बारेमा कुनै पनि प्रतिक्रिया दिएको छैन ।

Published : Wednesday, 2023 November 29, 7:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया