नेपालमा यो कार्य गर्न फेसबुक र इन्स्टाग्रामले रोक लगायो

काठमाडौं । नेपालको कानूनलाई अनुशरण गर्दै फेसबुक र इन्स्टाग्रामले मदिराजन्य पदार्थका विज्ञापनमा रोक लगाएको छ ।

फेसबुक र इन्स्टाग्रामको मुख्य सञ्चालक मेटाले सूचना जारी गर्दै मदिराजन्य पदार्थका विज्ञापनमा रोक लगाएको छ ।

सूचनामा नेपालसहित १८ वटा देशमा मदिराजन्य पदार्थको विज्ञापन गर्न निषेध गरेको उल्लेख गर्दै त्यसको पालना आफूहरूले गरेको बताएको छ ।

मेटाले दक्षिण पूर्वी एसियाका देशहरुमध्ये नेपालसहित अफगानिस्तान, बंगलादेश, भारतका निश्चित प्रान्तहरु, थाइल्याण्ड र पाकिस्तानमा मदिराजन्य विज्ञापनहरू आफ्नो सोसल मिडिया प्लेटफर्महरूमा रोक लगाएको छ ।

ब्रुनाई, इजिप्ट, जिम्बाबे, कुवेत, लिबिया, लिथुनिया, नर्वे, रसिया, साउदी अरब, टर्की र युएई र यमनमा पनि मदिराजन्य विज्ञापनमा रोक लगाएको छ ।

नेपालमा सर्वोच्च अदालतले मदिराजन्य पदार्थको सार्वजनिक विज्ञापन गर्न नपाउने आदेश दिइसकेको छ ।

Published : Wednesday, 2023 August 30, 11:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया