डोनाल्ड ट्रम्पलाई २० मिनेटको जेल

न्यूयोर्क । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन् ।

आत्मसमर्पणपछि ट्रम्प २० मिनेट जेलमा बिताएका छन् । ट्रम्प जमानतमा रिहा भइसकेका छन् । ट्रम्पले जमानतको लागि दुई लाख डलर तिरेका छन् ।

एटलान्टाको हार्ट्सफिल्ड–ज्याक्सन एयरपोर्टमा निजी विमानमा चढ्नुअघि ट्रम्पले यो विषय राजनीतिक रूपमा प्रेरित भएको बताएका छन् । उनले भने, ‘यहाँ जे भएको छ त्यो न्यायको मजाक हो, मैले कुनै गल्ती गरेको छैन र सबैलाई थाहा छ ।’

सन् २०२० को चुनावमा पराजयलाई उल्ट्याउन खोजेको भन्दै उनीविरुद्ध यो मुद्दा चलिरहेको छ । जेलबाट ट्रम्पको आधिकारिक तस्बिर (मगसट) जारी गरिएको छ । अमेरिकन इतिहाँसमा ट्रम्पको मगसट सार्वजनिक भएको यो पहिलो पटक हो ।

ट्रम्पले अदालत वा संघीय अधिकारीसामु आत्मसमर्पण गरेको यो वर्ष चौथो पटक हो । यसअघि पनि उनीविरुद्ध फौजदारी मुद्दा चल्दा उनले तीन पटक आत्मसमर्पण गरेका थिए । सन् २०२३ अघि अमेरिकामा यस्तो कहिल्यै देखिएको थिएन ।

फुल्टन काउन्टी जेलको बुकिङ सिटमा डोनाल्ड ट्रम्पको नाम राखिएको छ । उनीविरुद्ध लगाइएको १३ आरोप, कथित अपराधको मिति र जमानत विवरणहरू पनि सूचीबद्ध गर्दछ । ट्रम्पले यी आरोपहरूलाई अस्वीकार गर्दै आएका छन् ।

Published : Friday, 2023 August 25, 11:02 am

फेसबुकबाट तपाईको प्रतिक्रिया