युवक ८२ र युवती ८१ वर्षको उमेरमा विवाह

लण्डन । प्रेम बसेपछि इङ्ल्याण्डमा ८२ वर्षका क्रिस्टोफर स्ट्रिट्स र ८१ वर्षकी रोजाले विवाह गरेका छन् ।

जागिरबाट अवकाश लिएपछि उनीहरू घर परिवारबाट अलग्गिएर रिटायरमेन्ट भिलेजमा गएका छन् । क्रिस्टोफरकी श्रीमती थिइनन् । रोजाको पनि श्रीमानको केही वर्ष अघि निधन भएको थियो ।

दुबैले जुलाईको अन्तिममा इङ्ल्याण्डको केयानसम, सोमरसेटमा विवाह गरेका हुन् । उनीहरू हनिमुनमा पनि गएका छन् ।
रोजाले भनिन्, ‘मैले उनलाई झ्यालमा बसिरहेको देखेँ । म उनको अगाडि बसिरहेकी थिएँ ।’

‘सूर्यको प्रकाश उनीमाथि चम्किरहेको थियो । उनले निकै चम्किलो पहेँलो मोजा लगाएका थिए जुन प्रकाशमा लगभग चम्किरहेको जस्तो देखिन्थ्यो’, उनले भनिन् ।

‘त्यसपछि उनी म भएको ठाउँमा आएर सोफामा बसेँ । अनि हामीबीच कुरा हुन थाल्यो । त्यसपछि हामी दुईबीच कहिले माया बस्यो, पत्तै भएन’, उनले भनिन् ।

‘हामी दुईको रोजाई एउटै छ । कला, थिएटर, इतिहास र सङ्गीतमा उनलाई पनि रुचि थियो र मलाई पनि । हामी थप भेटघाट गर्न थाल्यौँ र एक दिन विवाहसम्म पुग्यौँ’, रोजाले भनिन् ।

रोजा खानी उद्योगमा कन्सलटेन्टको रूपमा काम गर्थे भने रोजा रजिस्टर्ड नर्स थिइन् । दुवैको परिवार सोमरसेटमा बस्छन् ।

क्रिस्टोफरले भने, ‘मलाई रोजा निकै आकर्षक, हेरविचार गर्ने खालको र सहानुभूतिपूर्ण लाग्यो । हामीबीच धेरै समानता छ ।’

‘हामी सबैजसो ठाउँमा सँगै जान्थ्यौँ । धेरै कुराकानी गर्दथ्यौँ । उनी असाध्यै प्यारी छिन् र कहिलेकाहीँ मलाई रिस उठ्दा उनले शान्त बनाउँछिन्’, क्रिस्टोफरले भने ।

Published : Wednesday, 2023 August 16, 9:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया