स्व.माइकल ज्याक्सनको आम्दानी १ सय मिलियन डलर

लसएञ्जलस । अमेरिकन गायक स्व.माइकल ज्याक्सनको सम्पत्ति अहिले पनि वृद्धि भइरहेको तथ्याङ्क बाहिर आएको छ ।

सन् २००९ मा माइकलको देहान्त भएको थियो । त्यस बेला माइकलको सम्पत्ति ६०० मिलियन डलर रहेको अनुमान गरिएको थियो ।

सन् १९८२ मा माइकलको एल्बम ‘थ्रिलर’ सर्वकालीन धेरै बिक्री हुने एल्बम बनेका थियो । थ्रिलरको कमाइ पनि बढिरहेको छ ।

उनले सन् १९८३ मा अनुमानित १२५ मिलियन डलर कमाएका थिए । माइकलको कुल सम्पत्ति २०० मिलियन डलर पुगेको थियो ।

सन् १९९० को दशकमा माइकलको आम्दानीमा वित्तीय अनियमितता र व्यक्तिगत घोटालासहित धेरै कारणले गिरावट आउन थालेको थियो । स्व.माइकलले अझै पनि प्रतिवर्ष अनुमानित १०० मिलियन डलरको आम्दानी गरिरहेका छन् । माइकलको मृत्युपछि पनि सम्पत्तिले महत्वपूर्ण कमाइलाई जारी राखिरहेको छ ।

सन् २०१६ मा उनको सम्पत्तिले ८२५ मिलियन डलरको कीर्तिमान रचेको छ । फोर्ब्स म्यागजिनले सो वर्ष माइकललाई वर्षको सबैभन्दा धेरै कमाउने सेलिब्रिटी घोषित गरेको थियो ।

स्व.माइकलको कुल सम्पत्ति अहिले २.४ बिलियन डलर रहेको अनुमान छ । एजेन्सी

Published : Monday, 2023 July 17, 10:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया