आन्ध्र महासागरभित्र १ किलोमिटरको प्वाल, धेरै कुरा पत्ता लाग्ने

लण्डन । वैज्ञानिकहरूले आन्ध्र महासागरमा रहेको एटलान्टिस मेफिस पहाडमा १ किलोमिटर गहिरो प्वाल पारेका छन् ।

यो परियोजना ज्वाइडेस जोलुसन साइन्टिफिक ड्रिलिंग भेसलले अगाडि बढाएको थियो । चट्टान पृथ्वीको दोश्रो पत्र अर्थात् मेन्टलबाट निकालिएको छ ।

वैज्ञानिकहरूले आन्ध्र महासागरभित्र रहेको एटलान्टिस मेफिस नामको पहाडको माथि ड्रिलिङ भेसल तैनाथ गरेका थिए । पहाडको खोँचबाट ड्रिलिंग गर्न सुरु गरिएको थियो ।

पहाड मिड एटलान्टिक रिजमा अवस्थित छ । ड्रिलिङ करीब ४ हजार १५६ फिटको गहिराइसम्म पुगेको छ । यो पृथ्वीको भित्र पारिएको सबैभन्दा गहिरो प्वाल होइन । पृथ्वीको मध्यतहको रुपमा रहेको मेन्टलबाट कुनै चट्टान निकाल्नु निकै कठिन काम मानिन्छ ।

एटलान्टिस मेफिस पहाड मेन्टलका पत्थरबाट बनेको छ । त्यहाँसम्म जानु र त्यसमा उत्खनन गर्नु तुलनात्मक रुपमा सजिलो भएको थियो ।

वैज्ञानिकहरुले निकालेको सो चट्टानको नाम पेरिडोटाइट हो । पृथ्वीको मध्यपत्रको भीमकाय चट्टान निकाल्नु निकै अहम् खोजको रुपमा रहेको दाबी वैज्ञानिकहरूको छ । चट्टानबाट विभिन्न ऐतिहासिक गतिविधिहरूको बारेमा जानकारी पाउन सकिने अनुमान छ ।

वैज्ञानिकहरूले यसको माध्यमबाट चुम्बकीय शक्ति, गुरुत्वाकर्षण, टेक्टानिक फ्लो, ज्वालामूखी जस्ता पृथ्वीका विभिन्न चिजहरूको अध्ययन गर्न चाहेका छन् ।

यसले भू–गर्भशास्त्र तथा पृथ्वीका विभिन्न भागह–लाई बुझ्नका लागि सहयोग गर्नेछ । सामुद्रिक भागबाट निकालिएका चट्टानको अध्ययनबाट भूवैज्ञानिक घटनाहरुको बारेमा पनि बुझ्न सकिनेछ ।

चट्टानमा लुकेर रहेका धातु तथा खनिजहरु पनि यसबाट पत्ता लगाउन सकिन्छ । पृथ्वीको मेन्टलबाट निकालिएको पेरिडोटाइट चट्टानमा ओलिभिन भेटिएको छ । यसका कारणले गर्दा चट्टानको भित्र हाइड्रोजन भरिएको हुन्छ । जसका कारण सुक्ष्म जीवहरूको जीवन सम्भव भएको हुन्छ ।

Published : Sunday, 2023 June 11, 12:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया