संसदभित्रै महिला सांसदहरूले एकले अर्कालाई भुत्लाए

काठमाडौं । दक्षिण अमेरिकी देश बोलिभियाको संसदमा महिला सांसदहरूका बीच कुटाकुट भएको छ ।

संसदमा मंगलबार महिला सांसदहरूबीच लात र मुक्का प्रहार भएको हो । सांसदको कुटपिटको भिडियोमा महिला सांसदहरूले एकअर्कालाई लात हानेको र भुत्ल्याएको दृश्य देख्न सकिने एएफपीले जनाएको छ ।

भिडियोमा केही महिला सांसदले ब्यानर च्यातिरहेको देखिएको छ । विपक्षी सांसदहरूले संसदभित्रै ब्यानर टाँसेर विरोध प्रदर्शन गरेपछि सत्तापक्षीय सांसद प्रतिरोधमा उत्रँदा झडप भएको थियो ।

संसद बैठकमा सत्तारुढ दलका मन्त्री एडुआर्डो डेल कास्टिलोले डिसेम्बरमा सान्ता क्रुज क्षेत्रका गभर्नरको गिरफ्तारीबारे प्रतिवेदन प्रस्तुत गरिरहेका बेला झडप भएको छ ।

Published : Thursday, 2023 May 25, 9:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया