टिकटक सरकारी डिभाईसमा प्रतिबन्ध

न्युयोर्क । अमेरिकाले सामाजिक सञ्जाल टिकटकलाई सरकारी डिभाईसमा प्रतिबन्ध लगाएको छ ।

बधुबार अमेरिकाको माथिल्लो सदन सिनेटले चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको एप टिकटकलाई सरकारी डिभाइसमा प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको हो ।

सो प्रस्तावलाई सिनेटले ध्वनि मतले पारित गरेको छ ।

अमेरिकाका संघीय कर्मचारीहरूले सरकारी डिभाइस प्रयोग गरेर टिकटक प्रयोग गर्न पाउनेछैनन् ।

राष्ट्रपति जो बाइडेनले प्रमाणीकरण गर्नुअघि टिकटक प्रतिबन्ध लगाउने प्रस्ताव तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले पारित गर्नुपर्छ ।

चिनियाँ कम्पनीको स्वामित्व भएकाले टिकटकबाट प्रयोगकर्ताको विवरणहरू बेइजिङ पुग्ने अमेरिकाको भनाइ छ ।

अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने भन्दै अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउनुपर्ने आवाज उठिरहेका बेला सरकारी डिभाईसमा प्रतिबन्ध लगाइएको छ ।

अमेरिकी राज्यहरू नर्थ डाकोटा, इओवालगायतले यसअघि नै टिकटकमाथि प्रतिबन्ध लगाइसकेका छन् । द गार्डियन

Published : Thursday, 2022 December 15, 11:15 am

फेसबुकबाट तपाईको प्रतिक्रिया