‘अन्तरघातीहरू’को सूची पठाउन दाङ कांग्रेसको निर्देशन

तुलसीपुर । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ४ ले स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेल्ने नेताहरूको नाम सिफारिस गर्न मातहतलाई दिर्नेशन दिएको छ ।

आइतबार बसेको क्षेत्र नं. ४ को बैठकले कांग्रेसका उम्मेदवारलाई असहयोग गर्नेहरूको सूची तयार पारेर पठाउनुपर्ने निर्णय गरेको हो ।

सभापति जगतबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले तीनै तहको निर्वाचनमा पार्टीले भोग्नु परेको पराजयलाई आत्मसात गर्ने निर्णय पनि गरेको क्षेत्रीय कार्य समितिमा बुझाउन निर्देशन दिएको सचिव चुर्णबहादुर चौधरीले जानकारी दिए ।

निर्वाचनमा सहयोग गर्ने पार्टीका नेता कार्यकर्ता, भातृ संघसंस्था, शुभेच्छुक लगायत कर्मचारी, प्रशासन, मतदाता सबैलाई धन्यबाद दिने निर्णय गरेको छ ।

Published : Monday, 2017 December 25, 7:27 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया