स्वास्थ्य उपचार निःशुल्क गर्ने गरी काम भइरहेको छ : मुख्यमन्त्री लामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले स्वास्थ्य उपचार सेवालाई पूर्ण निःशुल्क गर्ने गरी काम भइरहेको बताएका छन् ।

सोमबार हेटौँडामा आयोजित कार्यक्रममा लामाले स्वास्थ्य मन्त्रालय र मातहतका निकायले नागरिकलाई उपचारभन्दा पनि बिरामी हुनै नदिने गरी सुसूचित गर्ने खालका कार्यक्रम ल्याउन निर्देशन दिएका छन् ।

उनले भने, ‘बजारका अप्रमाणित तथा स्वास्थ्यसम्बन्धी परीक्षण नगरिएका खाद्यवस्तु खाने, अव्यवस्थित जीवन पद्दति अवलम्बन गर्दा स्वास्थ्य समस्या हुन्छ, त्यसैले दैनिकी, खानपानलगायत स्वास्थ्य बन्ने कुरामा सचेत गराउने तथा स्वस्थ जीवन जिउन उत्प्रेरित गर्ने कार्यक्रम अघि सारेका छौँ, यसमा सबैको सहयोग आवश्यक छ ।’

Published : Tuesday, 2024 October 22, 6:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया