रोल्पामा उपाध्यक्षको पतिको नाममा गाउँपालिकाको नाम राख्न माओवादीको दवाव

रोल्पा । रोल्पा जिल्लामा एउटा गाउँपालिकाको नाम परिवर्तन गरेर उपाध्यक्ष बाममती घर्तीले आफ्ना पतिको नाममा राख्ने तयारी गरेपछि भाँडभैलो उत्पन्न भएको छ । उनीहरू दुबै माओवादी केन्द्रको तर्फबाट विजयी भएका हुन् ।

गाउँ कार्यपालिकाको शुक्रबर बसेकोे बैठकमा गाउँपालिकाका अध्यक्ष गुनेन्द्र घर्तीले सुवर्णावती गाउँपालिकाको नाम परिवर्तन गरेर उपाध्यक्ष बागमती थापाको पतिको नाम राख्ने प्रस्ताव भएको छ ।

अध्यक्ष घर्ती र उपाध्यक्ष थापा मिलेर सुवर्णावती गाउँपालिकाको नाम परिवर्तन गरेर ‘सुनिल स्मृति’ गाउँपालिका राख्ने तयारी गरेपछि अन्य जनप्रतिनिधिहरूले बैठक बहिष्कार गरेका छन् ।

वडा नम्बर ४ का अध्यक्ष गञ्जबहादुर क्षेत्री, ३ का अध्यक्ष जेदबहादुर बिष्ट, २ का अध्यक्ष नेत्रबहादुर गिरी र १ नम्बर वडाका अध्यक्ष केशवलाल कुँवरले अध्यक्ष घर्ती र उपाध्यक्ष थापाको कार्यशैली र गाउँपालिकाको नाम फेर्ने प्रस्तावको विरोध गरेका छन् ।

स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरूले जारी गरेको घोषणा पत्र अनुरुप विकास निर्माणलाई तीव्रता दिनेतर्फ ध्यान नदिई गाउँपालिकोको नाम फेर्ने प्रस्ताव आएकाले आफूहरूले विरोध गरेको ४ नम्बर वडाका अध्यक्ष गञ्ज क्षेत्रीले बताए ।

गाउँपालिका अध्यक्ष गुनेन्द्र घर्तीले भने सुवर्णावती गाउँपालिका पौराणिक, साहित्यिक नाम भएको कारण अर्थ बुझ्न नसकेको र भावी सन्ततीका लागि पनि अर्थ भएको प्रमाणित नाम ‘शहिद’ सुनिलको नामबाट नामाकरण गर्ने छलफल भएको बताए ।

कतिपय स्थानीयले सहमति जनाएको र कतिपयले असहमति जनाएकोले पुस १२ गते हुने गाउँसभाबाट नाम फेर्ने प्रस्ताव टुङ्गो लाग्ने समेत अध्यक्ष घर्तीले बताए ।

Published : Saturday, 2017 December 23, 6:09 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया