कम्युनिष्टको नाममा आतंक मच्चाउने काम भयोः ओली

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले कम्युनिष्टको नाममा सेयर बजार अस्त व्यस्त बनाउन खोजिएको आरोप लगाएका छन् ।

बिहीवार ब्रोकर कम्पनी लगायत अन्य व्यवसायीहरुसँगको भेटमा ओलीले यस्तो बताएका हुन् ।

ओलीले ब्रोकरहरूलाई हाल लगाउन खोजिएको भ्याटको बारेमा पनि राम्ररी थहा भएको बताए । उनले बजारलाई अस्तव्यस्त बनाउने प्रयास भएको पनि दाबी गरे ।

‘भ्याट आतंक सृजना गर्न खोजेको कुरापनि मलाई थाहा छ’, उनले भने, ‘निर्वाचन सम्पन्न भइसकेपछि पनि काम चलाउ बनेको सरकारले बजार अस्तब्यस्त बनाउन खोजेको छ ।’

हालै आन्तरिक राजस्व बिभागले तीन ब्रोकरलाई भ्याट तिर्न पुनः पत्राचार गरेको छ । २०६९/७० देखिको भ्याट तिर्न राजस्वले पत्राचार गरेको थियो ।

मूल्य अभिवृद्धि कर सम्बन्धि निर्देशिकाको दफा ४.१७ ले सेयर किनबेचसंग सम्बन्धित सेवा, सेयर निष्कासनलाई पनि छुट हुने विषयमा उल्लेख छ ।

ओलीले आगामी सरकार गठन पछि सम्वृद्धिको यात्रामा सबै सहभागी हुने र पूँजी बजारले पनि आफ्नो बाटो लिने उल्लेख गरे ।

Published : Thursday, 2017 December 21, 6:13 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया