प्यूठानका पत्रकारहरूलाई एमालेका सांसद रिजालले ठेगान लगाउने

काठमाडौं । प्यूठानको प्रदेशसभा ‘क’ मा एमालेबाट सांसदमा निर्वाचित हरिप्रसाद रिजालले पत्रकारलाई ठेगान लगाउने धम्की दिएका छन् ।
नेपाल पत्रकार महासंघ प्यूठानले मंगलबार बिजुवारमा गरेको कार्यक्रममा सांसद रिजालले चुनावको समयमा पत्रकारले वाम गठबन्धनविरुद्ध जे पायो त्यै लेखेको भन्दै कानून बनाएर ठेगान लगाउने चेतावनी दिएका छन् ।
‘प्यूठान जिल्लामा के दूर्गाले जित्लिन त ? प्यूठान जिल्लामा कम्युनिष्टको लालकिल्ला रहला त ? यस्ता किसिममा स्टाटस फेसबुकमा लेखेर, डाक्टर साप भनेर अलि बढाइचढाइ नै गरेर (गोविन्द पोखरेल नेपाली कांग्रेसका प्यूठानका उम्मेदवार हुनुहुन्थ्यो) एमालेको हुँ भन्ने पत्रकारहरूले स्टाटस लेखे, सबै स्टाटस हामीले एकएक संकलन गरेर राखेका छौँ’, उनले भनेका छन्, ‘कसले के लेखेका छन् भन्ने हामीसँग प्रमाण पनि छन् ।’
कार्यक्रममा निकै आक्रोशित एमालेका सांसद रिजालले भने, ‘पत्रकारहरू अराजक हुन्छन्, हामी त्यस्ता अराजक पत्रकारलाई ठीक गर्न नियम र एने बनाउँछौँ हामी । कानून बनाउँछौँ, पत्रकार त सही हुुनुपर्यो नि । अराजक हुने ?’
एमालेका सांसद रिजालको आक्रोश यतिमै रोकिएन । उनले भने, ‘मन परेन भन्दैमा जे पायो त्यै लेख्दै हिँड्ने ? को हो त्यो पत्रकार ? चुनावका बेला कसैले सोधेनन्, पत्रकार पनि बिक्री भएका छन् ? यहाँ, डाक्टर साब (गोविन्द पोखरेल)का कुरा स्याउलीबाङ, कुर्तीबाङ, दाङवाङ जताततै बजेका छन्, हाम्रा रेडियो कहीँ बज्दैनन् ? हाम्रा अन्तर्वार्ता हामीले भन्न जानेका छैनौँ ? हामीले पढेका छैनौँ ? राजासँग त झुकिएन पत्रकारसँग झुकिन्छ ?’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत