यी महिलालाई आफ्नै पतिले गरे पशुको व्यवहार

उर्लाबारी । दाइजोको बिरोध भइरहेका बेला मोरङको उर्लाबारीमा दाइजो नल्याएको भन्दै एक महिला घर निकाला भएकी छिन् ।

उर्लाबारी–२ भुसीकी गीता पौडेललाई विवाह गरेर ल्याएको सात महिनाभित्रै घर निकाला गरिएको हो । १८ वर्षीय गीताको गत वैशाखमा चन्द्रबहादुर पौडेलसँग विवाह भएको थियो ।

एसर्इर्इ दिएर उच्च शिक्षाको तयारीमा रहेकी गीतालाई पौडेलका बुवा तुलबहादुर सहितका घरपरिवारले दाइजो नचाहिने बताएका थिए । तर, असारमा तुलबहादुरको निधन भएपछि सासु र श्रीमानले गीतालाई मानसिक यातना दिन थालेका थिए ।

पौडेल परिवारले उनलाई यातना दिनुका साथै भैसीगोठमा राखेको पीडित गीताले बताएकी छिन् ।

पीडित गीतालाई माइतमा फोन सम्पर्क गर्न नदिने, धम्क्याउने, कुटपिट गर्ने गरेको उनले बताइन् । उनले आफूलाई अन्याय भएको भन्दै न्यायका लागि पहल गरिदिन आग्रह गरेकी छिन् ।

छोरीलाई घर निकाला गरेर पशुसरह गोठमा राखिएको खबर पाएपछि माइतीपक्ष पुग्दा उनीहरूमाथि नै घरपरिवारले विभिन्न लाञ्छना लगाएको पीडित पक्षको भनाइ छ । हाल गीता उर्लाबारी–४ स्थित माइतमा आश्रय लिएर बसेकी छन् ।

Published : Wednesday, 2017 December 20, 7:24 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया