तेह्रथुममा पनि एमालेद्वारा पैसा वितरण, दुई नेता पक्राउ

तेह्रथुम । तेह्रथुम जिल्लामा पैसा बाँड्दै गरेको अवस्थामा नेपाली कांग्रेसका प्रदेश सभाका उम्मेदवार गोविन्द ढुंगानाले एमालेका दुई स्थानीय नेतालाई रङ्गेहात पक्राउ गरेका छन् ।

म्याङलुङ नगरपालिका वडा नं. १ स्थि खड्का थर भएका एमालेका नेताको घरमा एमालेका स्थानीय नेता शभा पौडेल र गोपाल खापुङ नगद सात हजारसहित पक्राउ परेका हुन् ।

उनीहरूलाई नेपाली कांग्रेस तेह्रथुमका सभापति समेत रहेका प्रदेश सभाका उम्मेदवार ढुंगानाले पक्राउ गरेका थिए ।

‘सात हजार रुपैयाँ दिदै गरेको अवस्थामा एमालेका स्थानीय नेता शभा पौडेल र गोपाल खापुङलाई रङ्गेहात पक्राउ गरेर सोध पुछ गर्दा उनीहरूले पैसा दिएको स्वीकार गरेका छन्’, उम्मेदवार ढुंगानाले बताए ।

‘सुरुमा के गरेको भन्दा गोपाल खापुङले आन्तरिक व्यवहार भनेर टार्न खोजे’, कांग्रेस ढुंगानाले भने, ‘पछि उनीहरूले गल्ती स्वीकारेपछि छोडिदिएँ ।’

निर्वाचन आचर संहिता विपरित यसरी सर्व साधारणलाई पैसा वितरण गरेकोमा नेपाली कांग्रेस तेह्रथुमले आपत्ति जनाएको छ । कांग्रेसले एमालेलाई निगारानी गर्न आयोगसँग आग्रह गरेको छ ।

Published : Wednesday, 2017 December 6, 9:02 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया