गगनलाई भोट माग्दै डा.गोविन्द केसी, आत्तियो बाम गठबन्धन

काठमाडौं । नागरिक अभियन्ता डा.गोविन्द केसीले नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं क्षेत्र नं. ३ बाट प्रतिनिधी सभाका उम्मेदवार गगन थापालाई मतदान गर्न अपील गरेका छन् ।
सामाजिक सञ्जाल युट्युबमा अन्तर्वाता दिादै डा.केसीले गगन थापाले ३ करोड जनताका पक्षमा काम गर्ने ल्याकत राख्ने बताएका हुन् ।
उनले भनेका छन्, ‘चिकित्सा विधेयक संसदमा बनाउने क्रममा गगन थापाजीले ठूलो भूमिका खेल्नुभएको छ । ३ करोड नेपाली नागरिकलाई स्वास्थ्यमा फाइदा हुने निर्णय गर्नुभएको छ ।’ डा.केसीले भनेका छन्, ‘जनताको काम गर्ने गगन थापाज्यूलाई मतदान गर्न अपील गर्छु ।’
नागरिक अभियन्ता डा.केसीले चिकित्सा विधेयक बनाउन र पारित गर्नका लागि इमान्दारिताले काम नगरेको भन्दै ६०१ सांसदहरुमध्ये गगन थापाले मात्रै जनताको हितमा काम गरेको बताए ।
प्रमुख दलका शीर्ष नेताहरु नै व्यक्ति स्वार्थपूर्तिमा सक्रिय भएकाले त्यस्तो अवस्थामा कांग्रेसका युवा नेता थापाको भूमिका अत्यन्तै सह्राहनीय रहेको केसीले बताए ।
डा.केसीले नेता चिनेर सहि व्यक्तिलाई मात्रै मतदान गर्न आग्रह गरेका छन् । उनले गगन थापालाई जनताको पक्षमा काम गर्ने नेताका रुपमा परिचितगराएका छन् ।
विपक्षी दलहरुले कांग्रेसका उम्मेदवार थापाविरुद्ध भ्रामक समाचारहरु सम्प्रेषण गराइ रहेका बोला डा.केसीले गगन थापाका पक्षमा मत मागेका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
यसमा तपाइको मत