बाम गठबन्धनलाई देउखुरीमा ठूलो धक्का, आत्तिए कम्युनिष्टहरू
लमही । नेपाली कांग्रेस दाङले देउखुरीको राजपुरका हरेक नागरिकका आधारभुत सुविधा प्रतिवद्धता जनाएको छ ।
राजपुरको जंगहवामा बिहीबार आयोजित चुनावी सभामा सम्बोधन गर्दै कांग्रेसका नेताहरूले राजपुर क्षेत्रमा जति विकास हुनुपर्ने हो त्यो अबका दिनमा गरिने प्रतिवद्धता जनाए ।
कांग्रेसका युवा नेता योगेन्द्र चौधरीले हरेक जाति समुदायको अधिकार लोकतान्त्रिक शासन व्यवस्थामा मात्रै सुरक्षित हुने बताए । उनले आसन्न निर्वाचनमा नेपाली कांग्रेसलाई मतदान गर्न अपील गरे ।
‘कांग्रेस बाहेक अरु शक्ति मुलुकमा हाबी भए भने हाम्रा अधिकार खोसिन्छन्’, उनले भने, ‘सबै जाति समुदायलाई कांग्रेसले मात्रै मिलाएर राख्छ । कम्युनिष्ट शासन आयो भने हामी एकै थलोमा बस्ने अवस्था रहँदैन ।’
प्रदेश सभाका उम्मेदवार जानकीलाल बस्नेतले यादव समुदायको बाक्लो उपस्थिति रहेको राजपुरमा विकास गर्न आफूले मिहिनेत गर्ने बताए । उनले यादव समुदायको पहिचान र संरक्षणका लागि अहोरात्र खट्ने बाचा गरे ।
सो कार्यक्रममा एमाले र माओवादी केन्द्रका ४० जना स्थानीय नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेस प्रवेश गर्नेमा एमालेका अकेश्वर यादव, फोरमका मंगलप्रसाद यादव, फोरमका बासुदेव यादव तथा माओवादीका नेता कार्यकर्ता रहेको दाङ कांग्रेसद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।
यादवहरूको घनाबस्ती रहेको राजपुरका नेता तथा कार्यकर्ताहरूले पार्टी छाडेपछि बाम गठबन्धनका उम्मेदवारहरू डराएका छन् ।
यसमा तपाइको मत