दाङमा कांग्रेस बलियो, ‘भगौडा पर्यटक’ उम्मेदवारलाई भोट नदिने

घोराही । प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन आउन एकसाता मात्रै बाँकी रहँदा दाङ जिल्लाका मतदाताहरू उत्साहित भएका छन् ।

उनीहरूले कांग्रेसको पक्षमा जनलहर आएको भन्दै भगौडा पर्यटक उम्मेदवारहरूलाई मतदान नगर्ने बताएका हुन् ।

पहिलो संविधानसभाका बेला माओवादीका उम्मेदवारलाई जिताएर पठाएको स्मरण गर्दै घोराहीका मतदाताहरूले भने, ‘माओवादीका कृष्णबहादुर महराले जितेर जानु भयो । दाङलाई छाडेर रोल्पा फर्कनु भयो । फेरि दाङ आउनुभएको छ । यस्ता भगौडा पर्यटक उम्मेदवारलाई दाङले चिन्नु पर्छ ।’

नेपाली कांग्रेस क्षेत्र नं. २ को प्रचार प्रसारका क्रममा बिहीबार भएको घरदैलो क्रममा मतदाताहरूले पर्यटक उम्मेदवारलाई भोट नदिने बताएका हुन् ।

‘हामीलाई दुःख सुःखमा साथ दिने आफ्नै जिल्लाको उम्मेदवार चाहिन्छ’, मतदाताहरूको भनाई उदृत गर्दै दाङ कांग्रेसद्वारा जारी प्रेस नोटमा भनिएको छ, ‘बाहिर जिल्लाबाट आएर ठूला कुरा गर्नेलाई भोट दिन सकिँदैन ।’

घोराही– १४ की लक्ष्मी बुढा मगरले मतदानको दिन छिटो आए हुन्थ्यो झै भएको बताइन् । ‘हरेक दिन विभिन्न पार्टीका मान्छेहरू भोट माग्न आउँछन्’, उनले भनिन्, ‘दङ्गाली मतदाताहरूले लोकतान्त्रिक दल नेपाली कांग्रेसलाई भोट दिने छन् ।’ उनले भागेर जाने उम्मेदवारलाई दाङका मतदाताहरूले राम्रोसँग चिनेको बताइन् ।

घोराही–१५ की मनकली बिकले निर्वाचनको समयमा नमस्कार गर्दै लम्पसार गर्न आउने तर, जितेर गएपछि विर्सने पर्यटक नेतालाई आफूले नचिन्ने बताइन् ।

मतदाताहरूका कुरा सुन्दै नेपाली कांग्रेस प्रतिनिधी सभाका क्षेत्र नं. २ का उम्मेदवार राजु खनालले यस क्षेत्रको विकास, समृद्धिका लागि २१ गतेको निर्वाचनमा आफूलाई बिजयी बनाउन आग्रह गरे ।

‘तपाईहरूले ०७० सालमा दिएको जिम्मेवारी पूरा गरे फेरि भोट माग्न आएको छु’, खनालले भने, ‘अब पालो विकास र समृद्धिको हो, तपाईहरू भोट दिनुस् म विकास र समृद्धि दिनेछु ।’

प्रदेशसभाका उम्मेदवार कमलकिशोर घिमिरेले दाङमा गाउँ र सहरको विकास गर्ने पार्टी नेपाली कांग्रेस मात्र भएको बताए । उनले आगामी निर्वाचनमा मतदातालाई कांग्रेसलाई विजयी बनाउन आग्रह गरे ।

Published : Thursday, 2017 November 30, 7:09 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया