दाङमा माओवादीका उम्मेदवारद्वारा सासुलाई कुटपिट

घोराही । नेकपा (माओवादी केन्द्र) दाङका प्रदेश सभामा समानुपातिकका उम्मेदवार वीरेन्द्र चौधरीले आफ्नी सासुलाई कुटपिट गरेका छन् ।

मदिरा सेवन गरेर मातेका उम्मेदवार चौधरीले मंगलवार राति गोवरडिहास्थित ससुराली घरमा गएर सासुलाई कुटपिट गरेको एक स्थानीयले बताए । ती स्थानीयका अनुसार दुईवटी श्रीमती विवाह गरेका चौधरीले कान्छी श्रीमतीलाई घरमा लैजान मानेका छैनन् ।

माइती मै रहेकी श्रीमतीलाई घरमा लैजान सासुले आग्रह गरेपछि आवेशमा आएका माओवादी उम्मेदवार चौधरीले सासुलाई हानेको प्रत्यक्षदर्शीको भनाइ छ । ‘लात्तीले हान्नु भएको रहेछ’, ती स्थानीयले भने, ‘गाउँमै कुरा मिलाउने भनेपछि कुटपिटको विवाद प्रहरीसम्म पुगेन ।’

ज्वाईले कुटपिट गरेपछि ती वृद्धा उजुरीका लागि प्रहरीसम्म पुग्ने तयारी गरेकी थिइन् । तर, गाउँलेहरूले त्यो विवादलाई गाउँमै समाधान गर्ने भनेपछि प्रहरीमा उजुरी नपरेको बताइएको छ । वीरेन्द्र चौधरी केही समयअघि मात्रै माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

माओवादी प्रवेश भएपछि उनलाई प्रदेश सभा सदस्यका लागि माओवादीले समानुपातिक उम्मेदवारको सूचीमा राखेको छ ।

Published : Wednesday, 2017 November 29, 7:37 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया