पाहुना उम्मेदवारले दाङको विकास हुँदैन, कांग्रेसले गर्छ काम

दाङ । दाङ जिल्लाको बंगलाचुली गाउँपालिका ५, मुकुर्टीमा नेपाली कांग्रेसले चुनावी सभा गरेको छ ।

सोमबार आयोजित सभालाई सम्वोधन गर्ने नेताहरूले कांग्रेसको जित सुनिश्चित भएको भन्दै कम्युनिष्टहरूलाई नआत्तिन आग्रह गरेका छन् ।

हारको मानसिकताबाट आत्तिएका कम्युनिष्टहरू जनतालाई भ्रममा पार्न विभिन्न आर्थिक प्रलोभनसम्मका हर्कत गर्न शुरु गरेको आरोप लगाए ।

सभालाई सम्बोधन गर्दै क्षेत्र नं.२ का प्रतिनिधिसभा उम्मेदवार राजु खनालले कम्युनिष्ट गठबन्धनलाई हारको मानसिकताबाट नआत्तिन आग्रह गरे ।

‘कम्युनिष्टहरू चुनाव हारिने डरका कारण अहिले मतदातालाई प्रलोभनमा पार्न खोजेका छन्’, खनालले भने, ‘जनताहरू भ्रममा नपर्नुहोस्, कम्युनिष्टहरूको जस्तो भ्रम कांग्रेसले सिर्जना गर्न जान्दैन ।’

बंगलाचुलीको सडक, विद्युत विस्तारदेखि खानेपानीको व्यवस्था गर्न कांग्रेस तयार रहेको उनको भनाई छ । बंगलाचुली क्षेत्रमा हालसम्म भएका सबै विकास कांग्रेसको नेतृत्वमा भएको खनालले दाबी गरे । कम्युनिष्टहरूको प्रलोभनमा परेमा जनताहरू पछुताउनुपर्ने उनको भनाइ छ ।

प्रदेश सभाका उम्मेदवार कमलकिशोर घिमिरेले गाउँको विकास गर्ने जिम्मा गाउँलेलाई दिनुपर्ने बताए । ‘घरको समस्या घरमुलीलाई नै थाहा हुन्छ, पाहुनालाई थाहा हुँदैन ।’ घिमिरेले भने, ‘समस्या समाधानका लागि घरमुलीलाई नै जिम्मा दिनुहोस् । मिठो खान आउने पाहुना सुन्ने मात्र हुन् तपाईका लागि काम गर्दैनन् ।’

प्रदेश सभाका उम्मेदवार भरतबहादुर न्यौपानेले पनि सोमबार पहाडी गाँउ छिल्लीकोटका विभिन्न स्थानमा पुगेर मतदाताहरूसँग भेटघाट गरेका छन् ।

मतदान गर्न सिकाउदै खनाल

निर्वाचनको मिति नजिकिदै छ । उम्मेदवारहरू मत आफ्नो पक्षमा पार्नका लागि लागिपरेका छन् ।

दाङ निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसको तर्फबाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार खनालले मत बदर नहोस् भनेर मतदाताहरुलाई मतदान गर्न सिकाउदै घरदैलो गरेका हुन् ।

Published : Monday, 2017 November 27, 7:28 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया