रुकुममा कांग्रेसले जित्छ, यदुनाथको हत्या गर्नेलाई एमालेले भोट दिँदैनः शाह

रुकुम । पश्चिम रुकुम जिल्लामा प्रतिनिधी सभा उम्मेदवार बनेका गोपालजी जंग शाहले यसपटक नेपाली कांग्रेसको जित सुनिश्चित रहेको दाबी गरेका छन् । उनले माओवादी केन्द्रभित्रको आन्तरिक झगडा, सशस्त्रद्वन्द्वका बेला जनतालाई दिएको दुःखका कारण पनि मतदाताहरूले आफूलाई मतदान गर्ने बताए ।

रिपब्लिका दैनिकसँग कुरा गर्दै कांग्रेस उम्मेदवार शाहले भने, ‘मेरो प्रतिस्पर्धी जनार्दन शर्माले जित्नु हुँदैन । उहाँलाई आफ्नै पार्टी माओवादीले पनि साथ दिँदैन । एमालेले त झन् भोट हाल्ने कुरै आउँदैन ।’ शाहले भने, ‘वाम गठबन्धनको मर्म र भावनाअनुसार माओवादीले एमालेलाई पश्चिम रुकुम दमन गरेको छ ।’

सशस्त्र द्वन्द्वका बेला माओवादीले एमालेका नेता यदुनाथ गौतमको हत्या गरेको प्रसंग कोट्याउँदै कांग्रेस उम्मेदवार शाहले भने, ‘माओवादीले यदुनाथ गौतमको हत्या गरेको थियो । अब भन्नुस् एमालेले माओवादीका उम्मेदवार जनार्दन शर्मालाई कसरी भोट हाल्न सक्छन् ?’

कांग्रेसका नेता शाहले ०४८ सालमा रुकुम जिल्लाबाट जितेका थिए । त्यसपछि उनले जित्न सकेका छैनन् । यसपटक आफूले जित्ने दाबी गर्दै आएका छन् ।

०७० र ०६४ सालको संविधानसभा निर्वाचनमा माओवादीका नेता शर्माले जितेका थिए । शर्माले हिंसाको डर देखाएर जितेको शाहले आरोप लगाएका छन् । ‘दुईवटा निर्वाचनमा जनार्दन शर्माले बुथ कब्जा गरेर, जनतालाई त्रास देखाएर जितेका हुन्’, शाहले भने, ‘यसपटक त्यस्तो छैन । मतदाताहरू सचेत भइसेका छन् । माओवादीलाई भोट हाल्दैनन् ।’

तपाईले भन्दा धेरै विकास माओवादीका शर्माले गर्नुभएको छ नि ? भन्ने प्रश्नको जवाफमा कांग्रेस नेता शाहले भने, ‘उहाँले धेरै विकास गर्नु भएको होइन । विकास मैले गरेको हो । शर्माजी प्रचारमुखी नेता हो । स्थानीय जनतालाई सोध्नुस् कसले काम गरेको छ भनेर ?’

Published : Thursday, 2017 November 23, 11:42 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया