शोकमा परेका प्रचण्डलाई दिल्लीबाट मोदीको फोन

काठमाडौं । पुत्रशोकमा परेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोन गरेर समवेदना व्यक्त गरेका छन् ।

मोदीले आइतबार नै प्रचण्डलाई टेलिफोन गरेर समवेदना व्यक्त गरेको स्रोतले जानकारी दिएको छ । भारतीय राजदूत मञ्जिभ सिंह पुरीले प्रचण्डलाई भेटेपछि मोदीले राजदूत पुरीकै फोनबाट समवदेना दिएका हुन् ।

भारतीय प्रधानमन्त्री मोदीले भने, ‘दुःखी छु तपाईमाथि यो घटना घटेकोमा एकदमै मर्माहत भएको छ ।’

प्रचण्डपुत्र प्रकाश दाहालको आइतबार बिहान मृत्यु भएको थियो । प्रचण्डलाई पुत्र शोकको समवेदना आउने क्रम जारी छ ।

Published : Sunday, 2017 November 19, 4:05 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया