मधेसका शहीदलाई हेरेर भोट हाल्नु होला : यादव

सप्तरी । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनका शहीदहरुलाई सम्झेर भोट हाल्न आम जनतालाई अपील गरेका छन । शहीदको सपना र बलिदानीलाई खेर जान नदिन मधेश गठबन्धन लाई जिताउन यस्तो अपील गरेका हुन ।
महदेवा गाऊपालिका वड़ा न. ६, ढिकुलीमा शनिबार फोरम नेपाल र राजपाको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले भोटको सही उपयोग गर्न मतदातालाई आग्रह गरे ।
‘भोट हाल्ने बेला छातीमा हात राखेर शहीदहरुलाई सम्झिनुस, अनि अन्तरात्माको आवाज सुनेर मधेश गठबन्धनलाई भोट हाल्नुस’- चुनाव प्रचारमा रहेका अध्यक्ष यादवले भने ।
मधेशको शोषक तीन ठूला दल भएको टिप्पणी गर्दै यादवले चुनाव मधेश समर्थक र विरोधीबीचको लड़ाई भएको स्पष्ट परेका छन । ‘यो सामान्य चुनाव होइन, मधेश आन्दोलनका पक्षधर र मधेशका विरोधी बीचको संघर्ष हो’- उनले भने ।
सप्तरी क्षेत्र न. २ का प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेदवार यादवले सप्तरीको विकास र समृद्धिको लागि आफ्नो जन्मभूमिबाट उम्मेदवार दिएको प्रष्ट पारे ।
कार्यक्रममा राजपाका केन्द्रीय उपाध्यक्ष शेखर यादव, फोरम नेपालको तर्फ बाट सप्तरी क्षेत्र न. २ को (ख) का उम्मेदवार शैलेन्द्र साह लगायतको उपस्थिति थियो ।
Published : Sunday, 2017 November 19, 3:46 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया