प्रकाश दाहाल ढलेर बेहोस भए, अस्पताल भर्ना

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहाल बिरामी भएका छन् ।

प्रकाश लाजिम्पाटस्थित निवासमा अचेत भएर ढलेपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको स्रोतले जनाएको छ ।

प्रकाश दाहाल बिरामी भएको खबर थाहा पाएपछि प्रचण्ड झापाबाट हेलिकप्टरबाट काठमाडौं आउँदै छन् ।

प्रकाशलाई के भएको हो र अवस्था कस्तो छ भन्ने बारेमा आफन्त र अस्पतालले केही जानकारी दिन मानेका छैनन् ।

Published : Sunday, 2017 November 19, 8:14 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया