‘गुल्मीमा कांग्रेसले विकास गर्दा एमालेहरू लाईन लागेर हेर्थे’

– सूर्य खनाल

गुल्मी । नेपाली कांग्रेस गुल्मी प्रतिनिधी सभा क्षेत्र नम्बर २ अन्तर्गतको प्रदेश सभा क्षेत्र नम्बर २ ‘ख’ को मदाने गाउँपालिकाको अग्लुङ्गमा चुनावी प्रचार–प्रसार तथा छलफल कार्यक्रममा कांग्रेसले गरेको विकासका कार्यक्रमबाट कम्युनिष्टहरू अत्तालीयको आरोप सरोकारवालाहरूले लगाएका छन् ।

नेपाली कांग्रेस अग्लुङ्ग गाँउ कार्यसमितिका सभापति सुशील चन्दको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्वसभापति तथा क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार चन्द्र के.सी.ले कम्युनिष्टहरू पार्टीका नेताहरू कांग्रेसले गरेको विकासको कार्यक्रमबाट भुतुक्क हुने गरेको अरोप लगाए ।

‘कम्युनिष्ट भनाउँदा एमाले र माओवादी केन्द्रका नेताहरू जिल्लामा विकास गर्दैनन्’, उनले भने, ‘कांग्रेसले गरेको विकासलाई मैले गरेको हुँ भनेर दाबी गर्छन् ।’

कार्यक्रममा कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठ, सचिव खिलध्वज पन्थी लगायतका नेताहरूको कार्यक्रममा उपस्थिति रहेको थियो ।

क्षेत्र नं. दुईका उम्मेदवार के.सी.ले विकास र समृद्धिका लागि कांग्रेसलाई मतदाताहरूले नरोजे फेरि पनि २ नं. क्षेत्र अन्धकारमय हुने बताए ।

उनले भने, ‘नेपाली कांग्रेसको पहलमा निर्माण भएका बाटाहरू, खानेपानीका योजना, स्थापना भएका विद्यालय, स्वास्थ्य संस्था बाहेक यस क्षेत्रमा अरु केही पनि विकासका योजनाहरू भएको छैन । जति पनि भएका छन् सबै कांग्रेसको पहल र दवावमा भएका हुन् ।’

नेता के.सी.ले सदरमुकाममा २० वर्ष अगाडि बलेको बत्तीलाई अझै पनि २ नं. क्षेत्रका धेरै ग्रामीण क्षेत्रमा ल्याउन नसक्ने एमालेका नेता र उम्मेदवारलाई मतदान नगर्न आग्रह गरे ।

उनले अहिलेको यो वाम गठबन्धनले जनताको रगतबाट संस्थागत हुन थालेको लोकतन्त्रलाई धरापमा पार्ने षड्यन्त्रमा लागेको आरोप लगाए ।

कांग्रेसले जितेको गुल्मीको क्षेत्र नम्बर १ मा भएको विकास र एमालेले जितेको क्षेत्रलाई तुलना गर्ने हो भने अहिलेको २ नं. क्षेत्र धेरै पछाडि परेको नेता के.सी.ले बताए । उनले भने, ‘एमाले मुलुकमा विकास चाहँदनै । कमाइ गर्न मात्रै चाहन्छ ।’

कांग्रेस नेता के.सी.ले गाउँको विकासका लागि आफूले धेरै पहल गरेको बताए । उनले भने, ‘मैले बाटोघाटो बनाउन प्रयास गर्दा एमाले र माओवादी केन्द्रको सधैँ टाउको दुख्यो ।’

 

Published : Friday, 2017 November 17, 11:29 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया