दाङमा एमाले–माओवादीभित्र ‘भिषण’ पहिरो, कांग्रेसलाई फाइदा

घोराही । दाङ जिल्लामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का झण्डै दुई नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
सौडियारसहितका विभिन्न स्थानमा भएका चुनावी कार्यक्रमहरूमा एमाले, माओवादी परित्याग गरेका कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।
एमाले र माओवादी अधिनायकवादतर्फ उन्मुख भएका कारण पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेको उनीहरूले बताएका छन् ।
दाङ क्षेत्र नं. २ का उम्मेदवार राजु खनाल, प्रदेश सभाका उम्मेदवार भरतबहादुर न्यौपाने, क्षेत्रीय सभापति भुपबहादुर डाँगी लगायतले एमाले–माओवादीका नेता तथा कार्यकर्ताहरूलाई टीका लगाएर कांग्रेसमा भित्र्याएको दाङ कांग्रेसले जनाएको छ ।
नवप्रवेशीहरूले बाम गठबन्धनको नाममा जनताहरूलाई धोका दिने खेल भएकाले लोकतन्त्रको रक्षा गर्न सक्ने नेपाली कांग्रेसमा प्रवेश गरेको बताए ।
वाम गठबन्धनलाई झट्का लाग्ने गरेर झण्डै दुई सय नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेपछि एमाले र माओवादी केन्द्र चिन्तामा परेका छन् ।
दाङ जिल्लामा दिनप्रति दिन एमाले र माओवादी छाडेर कांग्रेसमा प्रवेश गर्नेहरूको लर्को नै लागेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत