दाङ कांग्रेसका उम्मेदवार जिताउन सडकमा उत्रियो महिला संघ

दाङ । प्रतिनिधी सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउनका लागि नेपाल महिला संघ दाङले घरदैलो अभियान सुरु गरेको छ ।

महिला संघ दाङले बुधबारदेखि कांग्रेसका उम्मेदवारहरूको पक्षमा मत माग्न समूह बनाएर प्रचार–प्रसार सुरु गरेको हो । घरदैलो कार्यक्रम घोराहीबाट सुरु गरेको छ ।

कांग्रेसका उम्मेदवारहरूको पक्षमा मत माग्न र कांग्रेसले गरेका विकासका कामका विषयमा महिला संघको समूहहरूले मतदाताहरूलाई जानकारी गराउनेछ । महिला संघकी क्षेत्रीय अध्यक्ष जानका केसीका अनुसार कम्युनिष्टहरूको अधिनायकवादका बारेमा पनि दङ्गाली मतदाताहरूलाई जानकारी गराइनेछ ।

महिला संघका प्रतिनिधीहरूले कम्युनिष्टहरूको वाम गठबन्धनविरुद्ध माहोल सिर्जना पनि गर्ने छन् ।

दाङ क्षेत्र नं. १ मा सुशीला चौधरी, २ मा राजु खनाल र ३ मा दीपक गिरी प्रतिनिधी सभाका लागि सांसद पदमा उम्मेदवार बनेका छन् ।

प्रदेश सभामा जानकीलाल बस्ने, प्रदीप थापा, कमल किशोर घिमिरे, भरत न्यौपाने, डिल्लीबहादुर चौधरी र बुद्धिराम भण्डारीले प्रतिस्पर्धा गर्दै छन् ।

Published : Wednesday, 2017 November 15, 6:26 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया