कांग्रेसको पक्षमा राप्रपाको निर्णय, कम्युनिष्टहरू ‘आतंकित’
काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश सभाको दोस्रो चरणको निर्वाचनमा १ सय ४५ स्थानमा नेपाली कांग्रेसलाई सहयोग गर्ने निर्णय गरेको छ ।
काठमाडौंमा मंगलबार बसेको पार्टी पदाधिकारीको बैठकपछि जारी प्रेस विज्ञप्तिअनुसार राप्रपाले कांग्रेसका उम्मेदवारहरूलाई सहयोग गर्ने निर्णय गरेको हो ।
‘प्रदेशसभाको दोश्रो चरणमा पार्टीको तर्फबाट परेको उम्मेदवारी मनोनयन काठमाडौं, सल्यान र भक्तपुरको उम्मेदवारी कायम राखी १ सय ४५ स्थानको उम्मेदवारी फिर्ता लिई नेपाली कांग्रेसलाई सहयोग गर्ने’, विज्ञप्तिमा भनिएको छ ।
राप्रपाले आगामी मंसिरको पहिलो र दोश्रो सातामा विराटनगर, वीरगंज, धनगढी र पोखरामा बृहद आमसभा आयोजना गर्ने निर्णय गरेको प्रवक्ता सुशीलकुमार श्रेष्ठले जानकारी दिए ।
राप्रपाको यो निर्णयसँगै एमाले–माओवादी केन्द्रको वाम गठबन्धन आतंकित बनेको छ । उनीहरूले राप्रपाको समर्थन आफूलाई हुन्छकी भनेर आश राखेका बेला कमल थापाको निर्णयले वाम गठबन्धनलाई धक्का पुगेको छ ।
यसमा तपाइको मत