कांग्रेसले गरेको उन्नतीमा कम्युनिष्टहरूको हालिमुहाली

काठमाडौं । नेपाली कांग्रेसको कुशल अर्थनीति र प्रजातान्त्रिक व्यवहारबाट नेपालले उल्लेख्य उपलब्धि हासिल गरेको छ ।

०४८ सालदेखि ०७४ सालसम्म आइपुग्दा कांग्रेसले गरेका विकासले नेपाली जनतालाई रहत मिलेको छ । कांग्रेसले बनाएको संरचना र नीतिगत निर्णयले कम्युनिष्ट सरकारहरूले हालिमुहाली गरेका हुन् ।

केही नीतिगत सुधारका उपलव्धिहरू

१. गरिबीको रेखामुनी रहेका जनसंख्या ४९ प्रतिशतबाट घटाएर २१ प्रतिशत बनाउन सफल ।

२. साक्षरतामा १५ देखि २४ वर्ष उमेर समूह ५० प्रतिशतबाट ९० प्रतिशतमा बृद्धि भएको छ ।

३. प्राथमिक विद्यालयमा भर्नादर ६४ प्रतिशतबाट बढेर ९७ प्रतिशतमा बृद्धि भएको छ ।

४. माध्यमिक विद्यालयको संख्या १,९५९ बाट ३,५९६ भएको छ ।

५. उच्च शिक्षामा महिला र पुरुषको अनुपात १३–११ भएको छ ।

६. नेपालीको औसत आयु ५४ वर्षबाट बढेर ७१ वर्ष पुगेको छ ।

७. चिकित्सा र इन्जिनियरिङ विद्यार्थी संख्या (स्नातक तह) ५७९ बाट बढेर ३७,१३० पुगेको छ ।

८. स्वास्थ्य चौकीको संख्या १,०९८ बाट बढेर ४,११६ पुगेको छ ।

९. शिशु मृत्यु दर (प्रति १,००० जीवित जन्म) १०८ बाट घटाएर ३३ मा पुर्‍याएको छ ।

१०. मातृ मृत्यु दर (प्रति १ लाखमा) ८५० बाट घटाएर २५८ पुर्‍याएको छ ।

११. खानेपानीको सुविधा पुगेको जनसंख्याको प्रतिशत ३६ बाट बढाएर ८४ प्रतिशत पु¥याएको छ ।

१२. शौचालय र सरसफाई पुगेको जनसंख्याको प्रतिशत ६ बाट बढेर ८१ प्रतिशत पुगेको छ ।

१३. ऊर्जा शक्ति २२७ मेघावाट बाट बढाएर ८५१ मेघावाट पुर्‍याएको छ । अर्को २ वर्षमा २३०० मेघावाट बन्दै छ ।

१४. बिद्युतमा पहुँच पुगेको जनसंख्याको ९ प्रतिशतबाट बढाएर ७४ प्रतिशत पुर्‍याएको छ ।

१५. सडक (कालोपत्रे र ग्रावल) ४,६१६ किलोमिटरबाट ३२,६३९ किलोमिटर पुगेको छ ।

१६. सडक (सबै खालका) ७,३३० किलोमिटर।बाट बढाएर ८१,३७१ किलोमिटर पुर्‍याएको छ ।

१७. सिंचाइ (हेक्टर) ५.४ लाख बाट १४ लाख हेक्टरमा पुगेको छ ।

१८. टेलिफोन ७१,५६० बाट २७,८५०,००० मोवाईल सहित

१९. बैकिंग तथा वित्तीय संस्थाहरूको संख्या ५ बाट ११७ पुगेको छ ।

२०. कुल ग्राहस्थ उत्पादनमा राजस्वको अनुपात ९ प्रतिशतबाट बढेर २३ प्रतिशत पुगेको छ ।

२१. बजेटमा विदेशी अनुदान र ऋणको अनुपात ३६ प्रतिशतबाट झारेर १४ प्रतिशतमा पुर्‍याएको छ ।

२२. बनले ढाकेको क्षेत्र (कुल क्षेत्रफलको प्रतिशत) ३७ प्रतिशतबाट ४५ प्रतिशतमा बढेको छ ।

Published : Monday, 2017 November 6, 6:53 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया