दाङ कांग्रेस क्षेत्र नं. ३ को विशेष भेला, उम्मेदवार जिताउन बने समितिहरू

तुलसीपुर । नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ ले आफ्ना उम्मेदवारहरूलाई कसरी जिताउन सकिन्छ भनेर आन्तरिक तयारी र रणनीति बनाउन सुरु गरेको छ ।

कांग्रेसको ३ नं. क्षेत्रीय समितिले आइतबार आफ्ना दलका उम्मेदवार, नेता र कार्यकर्ताहरूसँग विशेष भेला गर्दै सुझाव दिएको छ ।

क्षेत्रीय सभापति जगतबहादुर खड्का, कांग्रेसका केन्द्रीय सदस्य तथा क्षेत्र नम्वर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार दीपक गिरी, क्षेत्र नम्वर ३ ‘क’ का प्रदेश सभा सदस्य उम्मेदवार डिल्लीबहादुर चौधरी, ‘ख’ का उम्मेदवार बुद्धिराम भण्डारी, कांग्रेस दाङका सभापति र्कीतिबहादुर खड्का, पूर्वसांसद गेहेन्द्र गिरी, निवर्तमान जिल्ला सभापति घनश्याम रेग्मी लगायतको भेलामा उपस्थिति रहेको थियो ।

भेलाले क्षेत्रीय सभापति जगतबहादुर खड्काको संयोजकत्वमा प्रचार–प्रसार मूल समिति गठन गरेको छ । उपसंयोजकमा घनश्याम ढकाल रहेका छन् ।

क्षेत्र नम्वर ३ को ‘क’तर्फ पूर्व क्षेत्रीय सभापति टोपबहादुर केसी र ‘ख’तर्फ सभापति घनश्याम ढकालको संयोजकत्वमा प्रचार–प्रसार समिति गठन गरिएको कांग्रेसद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

भेलाले कांग्रेसका नेता, कार्यकता, शुभेच्छुक तथा सबै दाङबासीलाई कांग्रेसका उम्मेदवारहरूलाई मतदान गरेर नयाँ संविधानको रक्षा र कम्युनिष्ट पार्टीहरूको अधिनायकवाद रोक्न आग्रह गरेको छ ।

Published : Sunday, 2017 November 5, 8:05 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया