शंकर पोखरेलसहितका नेतालाई हराउन कोमल ओलीको अपील

घोराही । एमाले नेतृ एवम् गायिका कोमल ओलीले एमालेका उम्मेदवारहरूलाई पराजित गर्न अपील गरेकी छिन् ।
कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य पद छाडेर एमालेमा प्रवेश गरेर निर्वाचनमा होमिएकी ओलीले एमालेका उम्मेदवारहरूको विपक्षमा मतदान गर्न आग्रह गरेकी हुन् ।
ओलीले बरु माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको खुलेर प्रशंसा गरेकी छिन् । स्रोतका अनुसार महराले नै ओलीलाई एमालेको विपक्षमा प्रयोग गरेका हुन् ।
‘एमाले विकास विरोधी पार्टी हो’, तुलसीपुरमा पत्रकारहरूसँग बिहीबार कुरा गर्दै उनले भनिन्, ‘दाङ जिल्लाका एमालेका नेता र केन्द्रका नेताहरूले जनतालाई भ्रममा पारेर राखेक छन् । एमालेलाई एक पटक पाठ नसिकाएर हुँदैन ।’, ओलीले एमालेलाई मतदान गरे ठूलो भूल हुने मतदाताहरूसँग आग्रह गरेकी छिन् ।
एमालेका नेता शंकर पोखरेलले ओलीलाई पार्टी प्रवेश गराउने क्रममा टिकट दिएर जिताउने आश्वासन दिएका थिए । तर, पोखरेलले अन्तिम सममया ओलीको नाम समानुापतिक र प्रत्यक्ष दुबैतिर राखेनन् । बरु उनले प्रदेश सभामा बदनाम व्यक्ति बलीभद्र रानालाई प्रदेश सभाका लागि समानुपातिकमा टिकट दिए ।
राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा भएको नगरपालिकाको निर्वाचनका बेला सेनाको गाडीमा चढेर आएका रानाको निर्देशनमा घोराहीमा एमालेका नेता उमेश थापाको हत्या गरिएको थियो । अहिले उनै रानालाई एमालेले प्रदेश सभामा समानुपातिकको टिकट दिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत