प्रहरी देखेपछि तस्करहरूको भागाभाग, अधेरीमा चार बोरा गाँजा

हेटौँडा । तिहारको मौका छापेर तस्करी गर्न लागेको चार बोरा लागूऔषध गाँजा मकवानपुर प्रहरीले बरामद गरेको छ ।
बुधबार मध्यराति सवा १२ बजे ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको गस्ती टोली सवार गाडी देखेपछि चार बोरा गाँजा छाडेर केही व्यक्तिहरू फरार भएको प्रहरीले जनाएको छ । मकवानपुर प्रहरीले चाढपर्वको अवसर छोपेर तस्करी र शान्ति सुरक्षामा असर पार्नसक्ने भन्दै गस्तीलाई तीब्र बनाएको छ ।
हेटौँडा उपमहानगरपालिका – १९ स्थित अधेरी खोल्सा नजिक पुग्दा केही मानिसहरू बसिरहेको देखेपछि सवारी साधन रोकेर सो स्थानमा पुग्दा गाँजा बोकेका मानिसहरू फरार भइसकेको र पक्राउ नर्ग नसकिएको प्रहरी भनाइ छ ।
प्रहरी टोलीले ४ वटा बोरामा रहेको १ सय २५ किलो गाँजा नियन्त्रणमा लिएको थियो । गाँजाका असली मालिकको खोजतलास सुरु भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत