साधारण सदस्य नभएकालाई टिकट दिएपछि राजपाभित्र बबाल
काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालमा पैसावाल र पहुँच भएकाहरूलाई टिकट वितरण गरेको भन्दै महासचिव केशव झासहित दर्जन केन्द्रीय नेताहरू पार्टी मुख्यालयमा धर्ना बसेका छन् ।
राजपा नेपालको केन्द्रीय कार्यालय बबरमहलमा बुधबार बिहान करिव साढे ११ बजेदेखि महासचिव झाको नेतृत्वमा नेताहरू धर्नामा बसेका हुन् ।
उनीहरूले आफ्ना खास पकेटका व्यक्ति, पैसा बुझाउने र सामाजिक क्षेत्रमा बदनाम व्यक्तिहरूलाई समानुपातिक र प्रत्यक्षको टिकट वितरण गरेको आरोप लगाएका छन् ।
पार्टी नेतृत्वले स्वयच्छाचारी ढंगले वितरण गरेको टिकटको निर्णय सच्चाउनु पर्ने माग धर्नामा बसेका पदाधिकारी र केन्द्रीय सदस्यहरूको छ ।
राजपा नेपाल अध्यक्षमण्डलले गुन्डा नाइके राजु गोर्खाली समेतका पैसावाल र बदनाम व्यक्तिहरूलाई समानुपातिक टिकट वितरण गरेको समाचार यसअघि सञ्चारमाध्यमहरूमा आइसकेका छन् ।
यसमा तपाइको मत