‘प्रचण्ड’को निर्देशन पर्खेका छौँ : कृष्णबहादुर महरा

काठमाडौं । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आफ्नो दल नेकपा (माओवादी)ले सरकार छाड्ने औपचारिक निर्णय गरिसकेको भन्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिनेवित्तिकै सरकारबाट बाहिरिने बताएका छन् ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनपछि आफ्नो कार्यकक्षमा कुरा गर्दै महराले सकेसम्म बेलुकासम्म आफूहरूले सरकार छाड्ने बताए ।

‘माओवादी केन्द्रले औपचारिक रुपमा सरकार छाड्ने निर्णय गरेको छ’, उनले भने, ‘पार्टी अध्यक्ष ‘प्रचण्ड’ले प्रधानमन्त्रीसँग भेट गरेर मन्त्री फिर्ता लिएको पत्र बुझाउनेवित्तिकै सरकारबाट माओवादीका मन्त्रीहरू फिर्ता हुने छन् ।’

मन्त्री महराले आफूहरू निर्वाचन गर्नका लागि सरकारमा सहभागी भएको भन्दै सरकारमा रहे पनि नरहे पनि वर्तमान सरकारलाई माओवादी केन्द्रको साथ रहने बताए ।

Published : Tuesday, 2017 October 17, 3:13 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया