एमालेको ठहर वामदेव गौतम सांसद बन्न अयोग्य, सुरु भयो दिनगन्ती

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीको ‘किचन क्याविनेट’का सदस्य एवम् प्रचार विभाग उप–प्रमुख समेत रहेका एमालेका केन्द्रीय सदस्य सूर्य थापाले पार्टी उपाध्यक्ष बामदेव गौतम सांसद बन्न लायक व्यक्ति नरहेको टिप्पणी गरेका छन् ।

नेपालपाना डटकम अगाडि लेख्छ सामाजिक सञ्जाल फेसबुकमा थापाले आइतबार बिहान स्ट्याटस लेखेर गौतमलाई खराब व्यक्तिको संज्ञा दिएका छन् । ‘२०७० सालको निर्वाचनमा ८४ दिन फिल्डमै खटिएर जिताएकोप्रति त कुनै पश्चाताप छैन’, प्रचार विभागका उप–प्रमुख थापाले भनेका छन्, ‘व्यक्ति वामदेव गौतम त्यसनिम्ति योग्य हुनुहुँदो रहेनछ । कान असाध्यै खराब ? तर, पार्टीका उपाध्यक्षलाई जिताएर केही गल्ती भएको छैन ।’

ओली गुटका खास सदस्यका रुपमा परिचय बनाएका थापाले बेलाबेला गौतमविरुद्ध समचारहरू पनि लेखाउँदै आएका छन् । बर्दियाका स्थायी बासिन्दा गौतम प्यूठानबाट ०७० सालमा सांसदमा जितेपछि सूर्य थापा समूहलाई फिटिक्कै मन परेको थिए । यसपटक पनि बर्दियाभन्दा गौतमले प्यूठानमा उम्मेदवार बन्ने इच्छा जनाएपछि थापा समूह खुलेर बिरोध गर्न मैदानमा उत्रिएको हो । गौतमले अब प्यूठानमा खुट्टा समेत राख्न पाउने छैनन् ।

‘चार–पाँचजना मान्छेले चार वर्षसम्म कुरा लगाएर जिउ पाल्ने काम त पाए नै । र, उहाँ तिनका कुरा सुनेर मख्ख पर्नुभयो’, केन्द्रीय सदस्य समेत रहेका नेता थापाले भनेका छन्, ‘हामीले प्रधानमन्त्री र पार्टी अध्यक्षको हैसियतमा उहाँलाई देख्न चाहेका थियौँ । तर, पदावधि सकिनु चार दिनअघि टेलिफोन गरेर उहाँले आफूलाई धेरै राम्रोसँग असली उचाइँमा चिनाउने काम गर्नुभयो ।’

केन्द्रीय सदस्य थापा फेसबुक स्ट्याटसमा अगाडि लेख्छन्, ‘राम्रो काम गरेर जनताको विश्वास बढाउनुपर्छ भन्दा असाध्यै रिस उठ्दो रहेछ । चार वर्ष कसरी बिते ? थाहै भएन । अब चाहिँ पदावधि पूरा गर्नुभएकोमा प्यूठान– १ का माननीय श्री वामदेव गौतमज्यूलाई विशेष वधाई ।’

Published : Sunday, 2017 October 15, 2:20 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया